• आइतबार, असोज ११ २०८३

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा


बुधबार, असार २३ २०७८
780
Shares

काठमाण्डौ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।

अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे ।

अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी, लियोन्ड्रे परेडेस र लाउटारो मार्टिनेजले गोल गरे । रोड्रिगो डे पउलको प्रहार पोष्ट माथिबाट बाहिरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार