गोरखा । सिरानचोक गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको परिवारलाई सहयोग गर्ने भएको छ ।
वडा नम्बर ७ को गोहोरमा पहिरोले घर पुरिदाँ मृत्यु भएका रमन पाण्डे र नन्दकुमार पाण्डेको परिवारलाई किरियाखर्च स्वरुप ५० हजार सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
अध्यक्ष गुरुङले शोक बिज्ञप्ती जारी गर्दै परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । विपद्का बेला सहयोग गर्ने रेडक्रस श्रीनाथकोट उपशाखा, इलाका प्रहरी कार्यालय जौवारी, स्थानीय विपद् प्रतिकार्य समुह र स्थानीय समुदायलाई सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।