गोरखा । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान बैकर्स क्लब गोरखाले असहमती जनाएको छ ।
क्लबले अहिले कै अवस्थामा सुरक्षा कोषमा जादाँ खाईपाई आएको सेवा सुविधा समेत कटौती हुने भन्दै सुरक्षा योजनामा जान असहती जनाएको हो ।
योजनाको बिरोध गर्दै क्लबको आयोजनामा मंगलबार गोरखाका सम्पूर्ण बैंकका कर्मचारीहरुले सदरमुकामको हरमटारी चोकमा मौन प्रदर्शन समेत गरेका छन् ।
बैकर्स क्लब गोरखाका अध्यक्ष अजित रमण खनालले सामाजिक सुरक्षा योजना विभेदपुर्ण रहेको बताएका छन् । सुरक्षा योजनामा अन्य क्षेत्रलाई नसमेटी ब्यवस्थित रुपमा रहेको बैकिङ क्षेत्रलाई जबरजस्ती सुरक्षा योजनामा आवद्ध गर्न खोजेको आरोप लगाए ।
लगानी सुरक्षाको ग्यारेन्टी नगरी र स्पष्ट कानुन समेत बनाई कोषले जबरजस्ती आफुलाई खाईपाई आएको सुविधा समेत कटौती हुनेगरि योजनामा आवद्ध गराउन खोजेको उनको भनाई छ ।
योजनाबारे स्पष्ट ऐन कानुन तथा नीति नबन्दाँसम्म आफुहरु कोषमा आवद्ध हुन नसक्ने गोरखाका बैकर्सहरुको भनाई छ । क्लबले यो योजनालाई स्वच्छाकारी नभई बाध्यकारी बनाइएको प्रति समेत विरोध गरेको छ ।
विरोध प्रदर्शनमा गोरखाका करिब ५० जना बैंकर्सहरुको सहभागिता रहेको थियो ।