• आइतबार, असोज ११ २०८३

धार्चेका ४ कर्मचारीलाई कोरोना संक्रमण, आइसोलेसनबाटै चल्यो पालिकाको काम


मंगलबार, असार २२ २०७८
770
Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी र १ जना वडा सदस्यलाई कोरोना संक्रमण भएको छ ।

त्यहाँ कार्यरत कर्मचारीहरु बिरामी भएपछि आइतबार गरिएको स्वाब परिक्षणका क्रममा ४ जना कर्मचारी र १ जना वडा सदस्यमा संक्रमण देखिएको उक्त गाउँपालिकाले पुष्टी गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक अमृतबहादुर घलेका अनुसार धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको आरुघाट क्षेत्रबाट कार्यालय सञ्चालन गर्दै गर्दा केही कर्मचारीहरुमा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि उनीहरुको असार २० गते पीसीआर गरिएको थियो ।

कार्यालयमा कार्यरत लेखा शाखाका १ जना, ईन्जिनियर १ जना, योजना अधिकृत र कम्प्यूटर अपरेट र वडा सदस्यलाई कोरोना देखिएको हो ।

संक्रमण देखिएका सबै कर्मचारीहरुलाई छुट्टै स्थानमा राखेर कार्यालयको काम भई रहेको पालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।

आर्थिक वर्ष सकिने लागेका कर्मचारीहरु सबैलाई सुरक्षित राखेर कोठा भित्रै सबै कुराको ब्यवस्था मिलाएर कार्यालयको काम भई रहेको अध्यक्ष गुरुङ बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार