• आइतबार, असोज ११ २०८३

चितवनमा २४ घण्टे कर्फ्यू आदेश जारी, यस्ताे छ कारण


मंगलबार, असार २२ २०७८
1.1K
Shares

चितवन । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर हुलदंगा बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यू जारी गरेको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै सडकमा भिड जम्मा गरी हुलहुज्जत हुन थालेपछि कर्फ्यू जारी गरेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। 

स्थानीय तथा आफन्तले ढुंगामुडा, सरकारी तथा निजी सम्पत्ति र संरचनामा तोडफोड, आगजानी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यू जारी गरेको प्रशासनले जनाएको छ। आज मंगलबार साँझ साढे ७ बजेदेखि भोलि बेलुकी साढे ७ बजेसम्म कर्फ्यू जारी गरिएको हो। 

यो अवधिमा लामो दूरीका बाहेक सवारी साधान सञ्चालन गर्न, हिँडडुल गर्न, भेला हुन प्रशासनको स्वीकृतिविना घरबाहिर निस्कन समेत नपाइने प्रशासनले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार