• मंगलबार, असोज १३ २०८३

खेलमैदान निर्माण सहयोगार्थ ओसन क्लबले शिवरात्रीमा सांस्कृतिक कार्यक्रम गर्ने


आइतबार, माघ १९ २०७६
1.9K
Shares

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा निर्माणाधिन खेलमैदानको लागि आर्थिक संकलन गर्ने उदेश्यले साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष शिवरात्री पर्वको अबसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको द ओसन क्लबले यस वर्ष भने खेल मैदान निर्माण सहयोगार्थ कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उक्त कार्यक्रम मार्फत संकलन भएको रकम कृत्रिम घाँसेमैदान सहितको रङ्गशालाको निर्माणमा खर्च गर्ने योजना रहेको क्वलका अध्यक्ष अमित खत्रीले जानकारी दिए । शिवरात्री पर्वको अवसरमा स्थानीय झाँकी प्रदर्शनी तथा ¥याली, अन्तरविद्यालय नृत्य प्रतियोगीतासँगै विविध सांस्कृतिक कार्यक्रम हुने क्लबले बताएको छ ।

उक्त कार्यक्रमका लागि ७ लाख ३५ हजार लागत अनुमान गरिएको छ । सो अबसरमा खेलमैदान निर्माणको प्रगतीका बारेमा जानकारी गराइएको थियो ।

२७ लाख भन्दा बढिको लागतमा सभेन ए साइडको फुटबल मैदान र प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको छ । खेलमैदान निर्माणको लागि आवश्यक सहयोग गरिदिन क्लबले खेलप्रेमीहरुमा आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार