• आइतबार, असोज ११ २०८३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले धनीलाइ हस्तान्तरण गर्यो चोरी भएका ४१ मोटरसाइकल


मंगलबार, असार २२ २०७८
935
Shares

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।

निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले ३३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको हो। युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।

हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरु पनि खुसी भएका छन्। उनीहरुले महाशाखालाई धन्यवाद समेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार