• आइतबार, असोज ११ २०८३

सुजिता हत्या प्रकरणको निष्पक्ष छानविन गर्न क्रान्तिकारी माओवादी निकट विध्यार्थी संगठनको माग


मंगलबार, असार २२ २०७८
995
Shares

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले चितवनकी छात्रा सुजिता भण्डारी हत्या प्रकरणको निष्पक्ष छानविन गर्न माग गरेको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी सो घटनामा नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको समेत बताएका छन्।

घटनाको सत्य-तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न क्रान्तिकारीले माग समेत गरेको छ।

यस्तै, क्रान्तिकारीले निजी शैक्षिक संस्थाहरुले मनोमानी ढङ्गले दिन–प्रतिदिन शुल्क बढाउने काम गरिरहेको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण हाबी हुँदै गइरहेको भन्दै विरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार