काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० का नयाँ संक्रमितको संख्या १११ दिनयताकै कममा झरेको छ ।
पछिल्लो २४ घण्टामा ३४ हजार नयाँ संक्रमित थपिएकोे भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ५५३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतको केरलामा आठ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै महाराष्ट्रमा नयाँ संक्रमितको संख्या ६ हजारभन्दा धेरै छ । तामिलनाडुमा तीन हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ४ लाख ६४ हजारमा झरेको छ ।