काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ ।
हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो ।
तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको तेह्र सय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको तेह्र सय २५ रुपैयाँमा कारोबार भएको थियो ।