• आइतबार, असोज ११ २०८३

जर्मनीले पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै


मंगलबार, असार २२ २०७८
575
Shares

काठमाण्डौ । जर्मनीले पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध भोलिदेखि हटाउने भएको छ ।

जर्मनीले नेपाल, बेलायत, पोचुर्गल, रुस र भारतका नागरिकका लागि लगाएको प्रतिबन्ध हटाउने भएको हो । अब ति देशका नागरिकले जर्मनी प्रवेश गर्न पाउने भएका छन् । कोरोनाविरुद्धको खोप प्राप्त गरेका नागरिकले जर्मनी पुगेपछि क्वरेण्टीनमा बस्नु नपर्ने भनिएको बीबीसीले बताएको छ। खोप नलगाएकाहरूले भने १० दिनसम्म क्वरेण्टीनमा बस्नुपर्नेछ ।

अहिलेसम्म यात्रा प्रतिबन्ध लागेका पाँच देशलाई कोरोनाको डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण भाइरस भेरियन्ट क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार