गोरखा । लामो समय पछि सञ्चालनमा आएको जिल्लाकै प्रमुख सरकारी कार्यालय जिल्ला प्रशासनले टाइम कार्ड जारी गरेको छ ।
८१ दिन पछि आइतबार सर्वसाधरणलाई सेवा दिएको जिल्ला प्रशासन कार्यालयले पालिकागत रुपमा समयसिमा निर्धारण गरेको हो । सार्वजानिक सूचना नै जारी गरी टाइमकार्ड बारे जानकारी दिइएको छ । बार अनुसार पालिकाहरुको बाडफाड गरिएको उक्त सू्चनमा उल्लेख छ । जस अनुसार आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट र धार्चे गाउँपालिकाका सेवाग्राहीको काम गरिनेछ ।
मंगलबार र बुधबार पालुङटार नगरपालिका र सिरानचोक र गण्डकी गाउँपालिकाको काम हुने कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । साथै बिहीबार र शुक्रबार भने बाँकी रहेको भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाका सर्व साधारणहरुले सेवा लिन सक्ने भएको छ ।
यसरी स्थानिय तहलाई बार अनुसारको काम गरिदिदा भिडभाड पनि नहुने र काममा सहजताका साथै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पुरै पालना गराउन सकिने कार्यालयले बुझाई छ । । लामो समय सम्म कार्यालय बन्द हुदा धेरै सेवाग्राही मर्कामा परेको थियो ।
कोरोना महामारीको अवस्था अझै सहज नभएको र भिडभाड गरेर काम गर्न सक्ने अवस्था नभएकोले कार्यालयले बार अनुसारको पालिकाको काम गर्न लागिएको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।