गोरखा । रोटरी क्लव अफ गोरखाको अध्यक्षमा बिशाल राना चयन भएका छन् । क्लवको वार्षिक साधारण सभाबाट बर्ष २०२१/०२२ को अध्यक्षमा चयन भएका रानाले आइतबार पद सम्हालेका हुन् ।
सदरमुकाममा आयोजित १९ औँ पदस्थापन समारोहमा बर्ष २०२०/०२१ का अध्यक्ष काशिनाथ अम्गाईले नयाँ कार्यकालका अध्यक्ष रानालाई पद हस्तान्तरण गरेका थिए । त्यसपछि अन्य पदाधिकारी तथा सदस्यहरुको पनि जिम्मेवारी हस्तान्तरण भएको थियो ।
सोही अबसरमा क्लवका इलेक्ट प्रेसिडेण्ट कृष्ण ढकाललाई इलेक्ट प्रेसिडेण्ट विशाल रानाले पद हस्तान्तरण गरेका थिए ।
त्यस्तै प्रेसिडेण्ट नोमिनीमा ज्ञानहरी अर्याल, सेक्रेटरीमा शोभा प्रधान, कोषाध्यक्षमा अञ्जनबाबु खत्री र सहसचिवमा अजीतरमण खनालको पदस्थापन भएको छ । उनीहरुलाई यसअघिका सोही पदका क्रमशः कृष्ण ढकाल, रामस्वरुप श्रेष्ठ, शोभा प्रधान र अञ्जन खत्रीले पदहस्तान्तरण गरेका थिए ।
पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लवका डिजिएम जीतेन्द्रबहादुर राजभण्डारी, पिडिजी सञ्जय गिरी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर वीनाकुमारी श्रेष्ठ, चार्टर प्रेसिडेण्ट सितलकाजी मास्के, डिस्ट्रिक्ट ट्रेनिङ मेम्बर पवनरमण खनाल, रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष कृष्णमान श्रेष्ठ(इश्वर), रोटरी क्लव अफ मनकामना आँबुखैरेनीका अध्यक्ष कृष्णप्रसाद कोइराला, रोट्याक्ट क्लव अफ गोरखाका अध्यक्ष समीर श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।