• आइतबार, असोज ११ २०८३

पक्की पुल भत्केपछि दरौंदी तर्न जीर्ण झोलुंगे पुलकै भर


सोमबार, असार २१ २०७८
615
Shares

गोरखाको बारपाक जोड्ने पक्की पुल दरौंदी नदीमा आएको बाढीले कटान गरी क्षति पु¥याएपछि जीर्ण झोलुंगे पुलबाटै स्थानीय आवतजावत गर्न बाध्य छन् ।

बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका बालुवा जोड्ने पुल शनिबार आएको बाढीले एकापट्टी भागमा क्षति पु¥याएको थियो । पुलको बालुवातर्फ भागमा क्षति पुगेपछि आवतजावतमा समस्या भएको थियो । पक्की पुल बनेपछि नजिकैको झोलुंगे पुल प्रयोगविहीन थियो ।

पाँच/सात वर्षदेखि मर्मत नगरिएको र पुलमा विच्छाइएको फलेकसमेत कुहिइसकेको जोखिमयुक्त उक्त पुलबाटै स्थानीय बासिन्दा नदी तरेका छन् ।

यसैबीच स्थानीय प्रदीप घलेका अनुसार बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको सहयोगमा स्थानीयले झोलुंगे पुलमा रहेको पुराना मक्किएका काठ निकालेर नयाँ काठ राखेका छन्। नयाँ दाउरा र फलेक राखेपछि केही जोखिम कम भएको छ ।

करिब पाँच वर्ष अगाडि बनेको बालुवास्थित दरौंदी नदीमाथिको पक्की पुलको एकातर्फ भाग दरौंदीको भेलले कटान गरेपछि यहाँ समस्या थियो । पुल भत्केपछि बारपाक, लाप्राक सडकखण्ड अवरूद्ध छ। साथै पुलसम्म पुग्ने सडकका विभिन्न ठाउँमा सानाठूला पहिरो झरेका छन् । खबर सेताेपाटीमा छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार