काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ ।
दुतावासले भौतिक रुपमा प्रवाह गरिने सेवा, राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने दूतावासले जनाएको छ ।
दुतावासले अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३ र २५३२१६०४ र २५३२१६०५ मा फोन गरेर बुझ्न सकिने जनाएको छ ।