काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ।
ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन अप्ठ्यारो पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो सुविधा ल्याइएको बैंकले जनाएको छ।
यो सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड ९इन्स्टा–बाई० सुविधा १८ महिनासम्मको लागि उपभोग गर्न पाइने बैंकले जनाएको छ।
बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको जनाएको छ ।
बैंकका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
अब अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफुले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ।