गोरखा । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबावु खत्री चयन भएका छन् । खत्री शनिवार सन २०२१/२०२२ को अध्यक्षमा चयन भएका हुन् ।
लायन्स क्लब अफ गोरखाको सचिवालयमा निर्बतमान अध्यक्ष श्यामबावु श्रेष्ठले खत्रीलाई पद र माइन्यूट हस्तान्तरण गरेका हुन । क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा लक्ष्मणबावु आचार्य, भगवानबावु मास्के र सुजन कुवँर चयन भएका छन् ।
त्यस्तै गरी सचिवमा अयोध्या जोशी र कोषाध्यक्षमा सन्देश मास्के चयन भएको क्लबले जानकारी दिएको छ ।
लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा श्रेष्ठ
लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ चयन भएकी छिन् । श्रेष्ठ सन २०२१/२०२२ को अध्यक्षमा चयन भएकी हुन् ।
शनिवार एक कार्यक्रमका वीच निर्बतमान अध्यक्ष रिता रेग्मीले श्रेष्ठलाई पद र माइन्यूट सहित पद हस्तान्तरण गरेकी हुन् ।
क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा कल्पना श्रेष्ठ, कमला श्रेष्ठ र शारदा खत्री चयन भएका छन् । त्यस्तै गरी सचिवमा सरिता मास्के र कोषाध्यक्षमा सन्तोषी जोशी चयन भएको क्लबले जानकारी दिएको छ ।