गोरखा । खोलाले बगाएर गोरखाको आरुघाटमा एक जनाको मृत्यु भएको छ ।
आरुघाट गाउँपालिका ३ सोती खोला स्थित फुङ्गी खोला तर्ने क्रममा हिजो बहिान साढे ९ बजे २६ बर्षिय किरण लामालाई बगाएको थियो ।
खोलाले बगाएका श्यामचेतका लामा २० मिटर तल किनारमा अचेत अवस्थामा भेटिएको र तत्काल उपचारका लागि आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र आरुघाट लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।