गोरखा । अबिरल बर्षातपछि आएकाे पहराेले पुर्दा गोरखाको सिरानचोकमा दुई जनााके ज्यान गएकाे छ । सिरानचाेक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यू भएको छ ।
गएराती घरमा आएकाे पहिरोले पुरिएर गोहाेरेका ८६ वर्षिय दामोदर पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश ढकालले सिभिलखबरलाई बताए ।
घरमा बुढाबुढीमा मात्रै बस्ने गरेका पाण्डे दम्पत्तीलाई गएराती पहिरोले पुगेको थियो । पहिरोले घर पुरेको स्थानीयले बिहान करिब ५ बजे मात्रै थाहा पाएका थिए । सो लगत्तै वडाध्यक्ष सुरज ढकालले इलाका प्रहरी कार्यालय जौवारीमा खबर गरेका थिए ।
हाल प्रहरी र स्थानीयको सकृयतामा पुरिएको पाण्डे दम्पत्तीको शव निकालिएको बताइएको छ ।

