काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ—मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका—६मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।
पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।
लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको मुग्लिनका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।