काठमाडौं । शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस दिन कुल १० हजार ५ सय ९६ जनाको नमूना परीक्षण गरिएको थियो।
६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जना निको भएका छन्।

हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।
