गोरखा । गोरखामा असार २० गते (आईतबार) बाट सार्वजनीक यातायात सञ्चालन गर्न दिने भएको छ ।


जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्ला भित्र मात्र सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको हो ।
साथै बैठकले यस अघि सेवा प्रवाह बन्द रहेको मालपोत कार्यालय, नापी र जिल्ला प्रशासन कार्यालय बाट पनि सेवा दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर यातायात संचालन गर्न दिने निर्णय भएको उनले बताए ।

जिल्ला भित्र करिब दुई महिनापछि सवारी साधन सञ्चालनमा आउन लागेका हो ।
कोरोना नियन्त्रणका लागी भनेर गत वैशाख १६ गतेबाट लोमो दूरी तथा २१ गतेदेखी जिल्ला भित्र पनि सार्वजनीक यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
