• आइतबार, असोज ११ २०८३

१५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ


शुक्रबार, असार १८ २०७८
610
Shares

Modern metal handcuffs. Vector illustration in flat style


प्रहरीले १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका—८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार