मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा ३६ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपिओमा आज शुक्रबार बिहना १०स्३० बजेसम्ममा माग गरिएको भन्दा ३६.७१ गुणा बढी अर्थात ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २ सय २० कित्ताको लागि आवेदन परेको हो ।
असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।