• आइतबार, असोज ११ २०८३

हुम्लामा खुल्यो निषेधाज्ञा


शुक्रबार, असार १८ २०७८
870
Shares


हुम्लाको कोभिड१९ संकट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएको छ।

असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए।

जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला खुला गर्ने मौन स्वीकृति दिए पनि स्थानीयबासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुपर्नेछ।

आ–आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्ने लगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ।

शुक्रबारदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाई जहाजले यात्रुलाई ओर्सान पाउने भएका छन्। यसअघि हवाई जहाजमा आवतजावत गर्दा जिल्ला प्रशासनको सिफारिस लिनुपर्ने बाध्यता थियो।

जिल्लामा निषेधाज्ञा खुला भए पनि सङ्क्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ।

जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिए पनि आवातजावत बढी हुने सदरमुकाम सिमकोटमा सात जना सक्रिय सङ्क्रमित रहेका छन्।

जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ रहेको छ भने एक हजार आठ जनामा परीक्षण गर्दा २५९ सङ्क्रमितमध्ये २२३ कोरोना सङ्क्रमणमुक्त भएर घर गइसकेका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार