काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि १४ मलुकको यात्रामा रोक लगाएको हो।
यूएईले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियामा यात्रामा रोक लगाएको हो।