• आइतबार, असोज ११ २०८३

मनाङका सरकारी कार्यालयलाई प्रदेश सरकारले दियो सोलार


शुक्रबार, असार १८ २०७८
715
Shares


पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद गरेर पठाएको छ ।

मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन करिब १९ लाख रुपैयाँको सामान खरिद गरिएको हो ।

बिजुली बत्ती नभएका कारण कार्यालयमा काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

उनका अनुसार प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।

सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेंसीशहरमा पु¥याइएको छ । बुधबार नै सामान बेंसीशहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।

मनसुनको सुरुसँगै बाढी पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएका कारण मनाङ जिल्ला अन्धकारमा छ ।

असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको गुनासो आएपछि प्रदेश सरकारले आवश्यक सामग्री गरिद गरेर पठाएको हो ।

प्रदेश सरकारको निर्देशनमा खरिद गरिएका सामग्रीहरु जिल्ला प्रशासन कार्यालय मनाङले प्राथमिकताका आधारमा कार्यालयलाई उपलब्ध गराउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार