काठमाडौं । इंग्ल्याण्डका जाडोन सान्चो बोरुसिया डर्टमण्डबाट म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ ।
इंग्ल्याण्डका २१ वर्षीय विंगर सान्चोले प्रिमियर लिग क्लब युनाइटेडमा ५ वर्षको लागि प्रिमियर लिग क्लब युनाइटेड जाने पक्का भएको बीबीसीले जनाएको छ ।
जर्मन क्लब डर्टमण्डबाट सान्चोलाई ८५ मिलियन युरोमा भित्र्याउने सहमति गरेको बताइएको छ ।
सन् २०१८ मा इंग्ल्याण्डको सिनियर टिममा डेब्यु गरेका उनले २० क्याप जितका छन् । यस्तै इंग्ल्याण्डका लागि ३ गोल समेत गरेका छन् ।