• आइतबार, असोज ११ २०८३

बाढीपहिराेमा परी ३३ जनाको मृत्यु, ३० बेपत्ता


शुक्रबार, असार १८ २०७८
555
Shares

मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ।

गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्तमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। 

बुधबारदेखि मनसुनी वायु फेरि सक्रिय भएकाले थप क्षतिको सम्भावना बढेको छ। केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार यस अवधिमा विपत्तमा परेर ४७५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। त्यस्तै ११२ घर आंशिक क्षतिग्रस्त भएका छन्।

भौतिक क्षतितर्फ ३६ वटा सरकारी कार्यालय, छवटा सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, जलविद्युत् आयोजना १३ वटा, काठको पुल पाँचवटा र दुईवटा वित्तीय संस्था प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त बनेको केन्द्रले औँल्याएको छ।

जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो। त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ।

गठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढीले बगाएर १५, पहिरोमा पुरिएर ११ र भारी वर्षाका कारण एक जना गरी २७ जनाको मृत्यु भएको छ। सो अवधिमा ६७६ घरपरिवार विस्थापित हुन पुगेको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार