पोखरा । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटोमा एक्कासी खहरे खोलामा आएको लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको उनले बताए ।

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।