• बिहिबार, साउन १४ २०८३

बिहीबार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु


बिहिबार, असार १७ २०७८
610
Shares

काठमाडौं । बिहीबार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।

७ हजार १ सय ३० जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।

यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार