• आइतबार, असोज ११ २०८३

सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ


बिहिबार, असार १७ २०७८
535
Shares


सार्वजनिक स्थानमा महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप सुनापती गाँउपालिका—५ रुपाकोट स्थायी घर भइ भक्तपुर नगरपालिका—१० कमलबिनायक बस्ने ३६ वर्षीय चमार सिङ तामाङ रहेका छन् ।

उनीमाथि कमलबिनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिडडुल गरिरहेको महिलाहरुलाई मोटरसाईकलमा चढेर आएको ब्यक्तिले चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिने महिलालाई एकान्त ठाँउमा आफ्नो यौनाङ्ग देखाउने लगायतका कार्यहरु गरेको आरोप छ ।

पक्राउ परेका उनीमाथि अभद्र व्‍यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार