• आइतबार, असोज ११ २०८३

खोलाले बगाएका दुई जनाको सकुशल उद्धार


बिहिबार, असार १७ २०७८
580
Shares


पूर्वी चितवनको कयरखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गरिएको छ।

भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरूष र एक महिलालाई पनि बगाएको थियो। खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो।

स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। उनीहरूलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो। खोलाबाट उद्धार गरेसँगै उनीहरू गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन्। इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन्।

बाढीको जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो।

यस्तै, बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन्। इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार