त्रिशूली नदीमा माछा मार्न गएका एक जना बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएका हुन ।
दुई दिनदेखिको वर्षाका कारण नदीमा बाढी आएको छ । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।