काठमाडौं । स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता गएरातिदेखि सकिएको छ ।
मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।
विश्व फुटबलकै चर्चित र उत्कृष्ट खेलाडी मेसी पहिलो पटक ट्रान्सफरका लागि उपलब्ध भएका हुन् । उनले युवा अवस्थादेखि नै बार्सिलोनाको एकेडेमी रहेर फुटबल खेलेका थिए ।
गत सिजन नै मेसीले क्याटलान क्लब छाड्न खोजेका थिए । तर क्लबले ७०० मिलियन युरो रिलिज क्लब राखेपछि मेसीले बार्सिलोना छाडेनन् ।
मेसी र क्लबबीच सम्झौताका लागि छलफल भने भइरहेको अन्तराष्टिय संचार माध्यमले जनाएका छन ।