• आइतबार, असोज ११ २०८३

पहिरोका कारण पालुङटारका करिब २० घर विस्थापित, सडक समेत अवरुद्ध


बिहिबार, असार १७ २०७८
555
Shares

गोरखा । निरन्तरको बर्षातपछि आएको पहिरोका कारण गोरखाको पालुङटारका करिब २० घरधुरी विस्थापित भएका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर २ र ३ का बिभिन्न टोलका गरी २० घरधुरीमा पहिरोले क्षति पु¥याएको हो । वडा नम्बर २ को बिजुली डाँडाँ, सिमपानी, दार्मीचौर, आँपपिपल अस्पताल क्षेत्रको बस्ती तथा वडा नम्बर ३ को राउते पानीका घरहरु पहिरोको जोखिममा परेको नेपाल रेडक्रश सोसाइटी आँपपिपल उपशाखाका सभापति विष्णु मरहट्टाले सिभिलखबरलाई जानकारी दिए ।

जसमा कुनै घरमा पहिरो नै खसेको तथा कुनै घरको आसपास क्षेत्रमा पहिरो गएका कारण जोखिममा परेको उनको भनाई छ । विस्थापित परिवारहरु छिमेकी तथा सार्वजानिक भवनमा आश्रय लिएर बसिरहेको बताइएको छ । तर हालसम्म मानविय क्षती भने नभएकाे मरहट्टाले बताए ।

त्यस्तै पहिरोका कारण विस्थापित परिवारलाई सहयोग गर्न नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्के सहितको टोली राहत सामाग्रीसहित पालुङटार हिडिसकेको बताइएको छ ।

यसैगरी पहिरोकै कारण ठाँटीपोखरी हर्मी सडकखण्ड समेत अवरुद्ध भएको छ । बिभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध हुन पुगेको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार