• आइतबार, असोज ११ २०८३

बन्दिपुरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, ३ घाइते


बिहिबार, असार १७ २०७८
535
Shares


तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।

पहिरोका कारण चार घर जोखिममा रहेको छ। पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका छन्। अहिले जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताइन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार