लगातारको वर्षा पछि आएको बाढीले तनहुँको व्यास नगरपालिकामा रहेको एउटा पक्की पुल बगाएको छ।
व्यास नगरपालिका १ र १३ जोड्ने छाब्दि दोभानको पक्कि पुल छाब्दी खोलामा आएको बाढीले बगाएको हो।

हिजोदेखि परेको अविरल वर्षाले छाम्दी खोलामा ठूलो बाढी आएको छ।
बाढीले पुल बगाएसँगै बुद्धसिं मार्ग र केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको जनाएको छ । खोलामा आएको बाढीका कारण आसपासका घरहरु समेत जोखिमा रहेका छन।