• आइतबार, असोज ११ २०८३

रोटरी क्लब अफ बज्र मनासलुकाे अध्यक्षमा श्रेष्ठ


बिहिबार, असार १७ २०७८
895
Shares

गोरखा । रोटरी क्लब अफ बज्र मनासलुको अध्यक्षमा कृष्णमान श्रेष्ठ चयन भएका छन् । क्लबको बुधबार गोरखामा सम्पन्न छैटौ औं साधारण सभाबाट श्रेष्ठ बर्ष २०२१ /२२ का लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । उनलाई बुधबार नै रोटरी बर्ष २०२०/२१ का अध्यक्ष विष्णु राना मगरले पद हस्तान्तरण गरेका छन् ।

यस्तै क्लबको आगामी बर्षको अध्यक्ष अर्थात प्रेसिडेण्ट इलेक्टमा रामकुमार श्रेष्ठ चयन भएका छन् भने प्रेसिडेण्ट नोमिनीमा शिशुबाबु प्रधान, उपाध्यक्षमा नोख बहादुर बोगटी (अमृत), सचिवमा सुमेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा रामशरण कोइराला सर्वसम्मत भएका छन् ।

यसैगरी कार्यकारी सचिवमा सुदिप कोइराला, सहसचिवमा सुवासबाबु श्रेष्ठ, चियर क्लब एड्मिनमा नीधि तिमिल्सिना, चियर सर्भिस प्रोजेक्ट भोला प्रसाद मरहट्टा, चिफ टिआरएफमा किरण बाबु श्रेष्ठ, चियर एमजी गणेशबाबु श्रेष्ठ, चियर पब्लिकमा विनोद अर्याल र सर्जेण्ट एट आम्स्मा रुषबाबु जोशी चयन भएको क्लबले जनाएको छ ।

अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रिजन ४ का असिस्टेण्ट गर्भनर इबिन्द्र तिवारी, बर्ष २०२१/२२ का असिस्टेण्ट गर्भनर डा तिलक घिमिरे, क्लबका निवर्तमान अध्यक्ष रुषबाबु जोशी, पूर्व अध्यक्ष बाबुराम श्रेष्ठ, रोट¥याक्ट क्लब अफ बज्र मनासलुका अध्यक्ष चिजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा अध्यक्ष रानाले आफ्नो कार्यकालमा सम्पन्न गरेका कार्यक्रम तथा प्रगती विवरण र वर्तमान अध्यक्ष कृष्णमान श्रेष्ठले आगामी बर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार