• आइतबार, असोज ११ २०८३

पहिरोका कारण पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड अवरुद्ध (फोटाेफिचर)


बिहिबार, असार १७ २०७८
1.3K
Shares

तनहुँ । निरन्तरको बर्षातका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको डुम्रे–दमौली सडकखण्ड अन्त्रगत छिर्कने भन्ने स्थानमा राती पहिरो खसेसंगै सडक अवरुद्ध भएको हो ।

सडकमा ठूला–ठूला ढुंगासहितको पहिरो आएको दमौली स्थानीय विशाल श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए । हाल डोजरले पहिरो हटाउने प्रयास गरिरहेपनि ठूलो ढुंगा भएको कारण कठिनाई भइरहेको उनले बताए ।

रातीदेखि नै पहिरोका कारण राजमार्ग बन्द भएसंगै सडकमा गाडीको कैयौ किलोमिटरसम्म जाम देखिएको बताइएको छ ।

तस्विरहरु : विशाल श्रेष्ठ (तनहुँ)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार