लागु औषध खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ परेको छ ।
पर्सा प्रहरीले भारत विहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कुम्हाललाई लागु औषधसहित पक्राउ गरेको हो ।

प्रकाउ परेका उनको साथबाट प्रहरीले ५ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ ।
साथै लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।