• आइतबार, असोज ११ २०८३

पल शाह बने ‘रियल हिरो अफ दि इयर’


बुधबार, असार १६ २०७८
715
Shares

काठमाडौं । नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो ।

यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।

सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरियो । नायक शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेरणा दिएको बताए ।

नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।

यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए ।

उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार