• बिहिबार, साउन १४ २०८३

बुधबार थपिए २ हजार ८ सय ९२ संक्रमित, ४१ जनाको मृत्यु


बुधबार, असार १६ २०७८
655
Shares


काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार १ सय ८७ वटा पिसीआर परीक्षणबाट १ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ३ सय ८१ वटा एन्टिजेन परीक्षणबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार