• आइतबार, असोज ११ २०८३

यात्रुसँग बढी भाडा लिएको आरोपमा ८ जना पक्राउ


बुधबार, असार १६ २०७८
590
Shares


काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरीले काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् ।

नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंबाट बा १६ च २१८४ नम्बरको निजी गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको आरोपमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली पक्राउ परेका छन् ।

उनले प्रतियात्रु तीन हजार रूपैयाँका दरले भाडा लिएको पाइएको एसएसपी जनक भट्टराईले बताए ।

यसैगरी चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रतिव्यक्ति ५ हजारसम्म भाडा लिएको पायएपछि २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार