• आइतबार, असोज ११ २०८३

गोरखा प्रशासन भन्यो — नदीनाला आसपासका क्षेत्रमा बाढी आउने खतरा, सतर्कता अपनाउनु


मंगलबार, असार १५ २०७८
1.2K
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले नदीनाला आसपासका क्षेत्रमा बाढी आउने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै असार १६ देखि १९ सम्म वर्षाको कारण त्रिसुली, बूढीगण्डकी, मस्र्याङ्दी नदीमा पानीको बाहब बढ्ने खतरा भएकाले आसपासका बासिन्दाहरुलाई सतर्क रहन भन्दै आग्रह गरेको हो ।

लगातारको वर्षाले नदीहरुमा पानीको बहाब बढ्दा बाढी, पहिरो र डुबानको खतरा रहेकाले नदीनाला आसपासका क्षेत्रमा नजान, वरपर बसोवास गर्ने घर परिवारहरुलाई सतर्क रहन, जोखिम आँकलन गरी सुरक्षित हुन कार्यालयको प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले सूचना जारी गरेर अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार