• आइतबार, असोज ११ २०८३

सडक खन्‍ने क्रममा माटोको ढिस्कोले स्काभेटर पुरिदा चालकको मृत्यु


मंगलबार, असार १५ २०७८
1.2K
Shares

सडक खन्नेक्रममा माटोको ढिस्कोले पुरिदा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ ।

अदानचुली गाउँपालिका—५, सेरामा सडक खन्नेक्रममा माटोको ढिस्कोमा पुरिएर स्काभेटर चालक बर्दियाका २६ वर्षीय सन्तोष थारूको मृत्यु भएको हो ।

माटोमा पुरिएका उनको समयमै उद्दार हुन नसक्दा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए ।

साथमै रहेका सहचालक भने हाम फालेर बाँचेका छन् । सोमबार बेलुका पुरिए पनि राति नै स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार