• आइतबार, असोज ११ २०८३

भोलिदेखि भारी वर्षा हुने


मंगलबार, असार १५ २०७८
635
Shares


काठमाडौं । बुधबारदेखि देशभरि मनसुनको सक्रियता बढ्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

मंगलबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार