• आइतबार, असोज ११ २०८३

उपत्यकामा आजदेखि सार्वजनिक बस सञ्चालन


मंगलबार, असार १५ २०७८
585
Shares

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File


आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन्।

हिजो सोमबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय गरेको हो।

जसअनुसार आज (असार १५) देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर—बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो।2

यस्तै आजबाट खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार