आज बिहान चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ ।
सखुवाप्रसौनी गाउँपालिका—४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली—१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी—३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।

रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।