• बिहिबार, साउन १४ २०८३

गोरखा नगरकाे राहत काेष : असहाय गर्भवती र सुत्केरीलाई घरैमा सहयोग


मंगलबार, असार १५ २०७८
790
Shares

गोरखा । असहाय गर्भवती तथा सुत्केरीका लागि सहयोग गर्न गोरखा नगरपालिकाले राहत कोष सुरु गरेको छ । उपप्रमुखसंग असहाय गर्भवती तथा सुत्केरी महिला राहत कोषको स्थापना गर्दै नगरपालिकाले सहयोग वितरण सुरुवात गरेको हो । चालु आर्थिक बर्षमा नगरपालिकाले सो कोषमा ५ लाख रकम विनियोजन गरेको थियो ।

कोष मार्फत सोमबारदेखि असहाय तथा विपन्न वर्गका गर्भवती तथा सुत्केरीलाई रकम वितरण सुरु गरिएको उपप्रमुख विना कुमारी श्रेष्ठले बताइन । ‘हामीले अघिल्लो बर्ष नै रकम छुट्याएको थियौ, तर कार्यविधीका कारण वितरणमा केहि समय लाग्यो’ उनले भनिन ‘अहिले सबै प्रकृया पूरा गरी आवस्यकताको समेत पहिचान गरेर सहयोग रकम वितरणको सुरुवात गरेका हौ ।’

कोष मार्फत सोमबार वडा नम्बर ५ का ४ र ६ का १ गरी ५ जना महिलालाई जनही १० हजार रकम हस्तान्तरण गर्दै उपप्रमुख श्रेष्ठले सो कार्यक्रमको शुभारम्भ गरेकी हुन । कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष रामकुमार थापा मगरको अध्यक्षतामा भएको थियो ।

विपन्नताका कारण गर्भवती तथा सुत्केरी भएको समयमा खानपान लगायत उपचारमा समेत समस्या नहोस भन्ने उदेश्यले सो कार्यक्रम अघि सारिएको उनले बताइन । ‘अहिलेपनि आर्थिक कारण धेरै गर्भवती तथा सुत्केरी दिदीबहिनीहरु पोषिलो आहारबाट बञ्चित हुनुपरेको अवस्था छ, हाम्रो यो कोषको मुख्य उदेश्य नै आमा र बच्चाको स्याहार गर्ने हो’ उनले भनिन ।

गर्भवती अवस्थामै पोषिलो आहारको ब्यवस्थापन गर्न सके बच्चा समेत कुपोषणबाट बच्ने नगरपालिकाले विश्वास लिएको छ । सो रकम प्राप्त गर्नका लागि नगरक्षेत्रका महिलाले वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

निवेदनका आधारमा सो कोष सञ्चालनका लागि बनेको कार्यविधी अनुसार गठन भएको समितीले स्थलगत निरिक्षण गरि आवस्यकता पहिचान गरेर सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । सहयोग पाउने ब्यक्तिलाई घरैमा पुगेर वितरण गर्ने ब्यवस्था समेत नगरपालिकाले मिलाएको अर्यालको भनाई छ ।

सहयोग रकम संगै नगरपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा समेत दिने बताएको छ । त्यस्तै सबै गर्भवतीलाई पोषिलो झोला कार्यक्रम अन्तरगत केहिबर्षअघि देखि नै गोरखा नगरपालिकाले बिभिन्न पोषिलो खाद्धान्नका सामाग्रीहरु वितरण गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार